संविधान दोस्रो संशोधन विधेयक संशोधन प्रक्रियाका लागि सर्वसम्मत अनुमोदन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २८, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ २८, काठमाडौँ । नेपालको संविधान दोस्रो संशोधन विधेयक संशोधन प्रक्रियाका लागि सर्वसम्मत अनुमोदन भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेको प्रस्तावमा विधेयक संशोधन प्रक्रियाका लागि अनुमोदन भएको हो ।

विधेयक अनुमोदन भएसँगै अब सांसदहरूले विधेयकमाथि संशोधन दर्ता गराउन पाउनेछन् । प्रतिनिधि सभा नियमावलीअनुसार संशोधनका लागि ७२ घण्टाको समय हुनेछ । संशोधन प्राप्त भएपछि सभामुखद्वारा प्रमाणित गरेर पुनः सदनमै पेस हुनेछ ।

आवश्यकताअनुसार प्रतिनिधि सभाले संशोधन विधेयकमा दफावार छलफलका लागि विशेष समितिसमेत गठन गर्न सक्नेछ । विशेष समिति गठन नगरी प्रतिनिधि सभामा नै दफावार छलफल र पारितको प्रक्रिया प्रारम्भ पनि हुन सक्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस