प्रधानमन्त्रीको सम्बोधन : ‘विपदको बेला भ्रष्टाचार सह्य हुँदैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २८, बुधबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

जेठ २८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको साझा प्रयासले नयाँ नक्सा जारी भएको बताएका छन् । उनले हाम्रो पुर्खाले लडेर बनाएको र जोागाएको कारणले हामी अहिले अडिएर बसे पुग्ने बताएका छन् । सङ्घीय प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदले पुर्खाले जोगाएको कुरामा अडिन खेलेको भूमिका निक्कै सराहनीय रहेको बताए । उनले भने कसले जस लिने र श्रेय लिने ? कसको देवत्वकरण गर्ने भन्ने कुरा हैन । लामो समयदेखि जनस्तरबाट उठेको छ । हामीले कसैले जस पाउला भनेर चिन्ता गर्न पर्दैन यो सबैको साझा कुरा हो । यसको जस कसैले लिँदैन । यो सबैको विजय हो । हामी फराकिलो भावनाले अघि बढाएका छौँ । जसका लागि सबै सर्वदलिय र सर्वपक्षिय बैठक अनुसार नै प्रयास अघि बढेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको अवस्था भयाभह देखिएको बताएका छन् । यहाँ फैलिएको कोरोना ८५ प्रतिशत भारतबाट आएका व्यक्तिबाट देखिएको छ प्रधानमन्त्री ओलीले भने । उनले एक्कासी बाँध फुटेर बाढी आएजस्तो भएको बताए । प्रधानमन्त्री ओलीले भने द ‘म कसैलाई दोष दिन चाहन्न । हाम्रोमा अरुकोमा भयाभह अवस्थामा रहँदासमेत हाम्रोमा शून्य थियो । हाम्रोमा चेकजाँच गर्ने मेसिन नभएर हङकङमा सुरुमा पीसीआर चेकजाँच गरेका छौँ । अहिले हाम्रोमा २१ वटा मेसिनले चेकजाँच गरिरहेका छौँ ।

केही ठाँउमा व्यवस्थापनमा केही गम्भीर त्रुटिसमेत भएको उनले बताए । उनले भने त्यस्तो गल्ती अब दोहोर्याउन नदिने प्रयासमा छौँ । एकै प्रदेशमा मेसिन एक ठाउँमा पार्ट, अर्को ठाँउमा गएको छ त्यसलाई जोड्न पाएको छैन । त्यसलाई चुस्त र दुरुस्त बनाउनेछौँ ।

प्रधानमन्त्री ओलीले सुरुमा लकडाउनको नीति लिएर सरकारले उचित निर्णय गरेको बताउनुभयो । ५० हजार मानिसलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार व्यवस्थापन गर्नु सस्तो, सजिलो र सहज विषय नभएको बताए । प्रधानमन्त्रीले भारतबाट आएका नागरिकहरू थेक्न निकै गाह्रो रहेको र कात्तिकसम्म पनि यस्तै अवस्था रहेको देखिएको बताए । उनले भने साउनमा धेरै उच्चविन्दुमा पुग्ने देखिन्छ । चाडपर्वमा विदेशमा बसेका मान्छेहरू आउँदा क्वारेनटाइनको भार थपिन सक्ने सम्भावना जनाए । प्रधानमन्त्रीले स्थानीय तहहरूको काम गराइबो प्रशंसा गरे । उनले भने एउटा नाकामा १० हजार थपिनुभएको छ । खाने कहाँ ? राख्ने कसरी ? घर पठायो भने समुदाय सोत्तर होला भन्ने समस्या । स्थानीय तहले कसरी काम गर्नुभएको होला ? उहाँहरू त फिल्डमा खतरासँग लडेर काम गर्नुभएको छ । उनले यस्तो विपदको बेला भ्रष्टाचार सह्य नहुने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस