बिदेशमा अलपत्र नागरिक ल्याउने काममा केपि सरकार अब्बल : कुवेतबाट थप नेपाली आज आउँदै !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ३०, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ ३०, काठमाडौँ । कुवेतबाट आज पनि नेपाली नागरिक स्वदेश फर्कँदैछन् । कुवेतको जजिरा एयरलायन्सको जहाजबाट नेपाली नागरिक लिएर साढे ११ बजे त्रिभुवन विमानस्थलमा उत्रने तय भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार हालसम्म प्राप्त जानकारी अनुसार १४२ जना महिलासहित दुई जना बालबालिका र सात जना भर्खर जन्मेका शिशु नेपाल आउँदैछन् ।

हिजो दुई वटा जहाजको उडानमार्फत २९९ जना नेपाली महिला नेपाल फर्किएका छन् । कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये २ हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् ।
यसैबीच, आज बिहान टर्किस एयरलायन्सको एउटा जहाज नेपाल आएर फर्केको छ । त्यस जहाजमा उताबाट खाली आएको थियो । नेपालबाट भने जहाजले नेपाल स्थित अमेरिकी र बेलायती नागरिक लिएर फर्केको विमानस्थलले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस