शतप्रतिशत पीसीआर परीक्षणको माग गर्दै बिभिन्न ठाउँमा प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ३०, शुक्रबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ ३०, काठमाण्डौ । कोरोना भाइरसको महामारीका बीचमा सरकारले खर्च गरेको १० अर्ब रुपैयाँको हिसाब माग्दै केही दिनयता प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन भइरहेका छन् । स्वतस्फुर्तरुपमा भइरहेका प्रदर्शन दबाउन प्रहरीले हदैसम्मको बल प्रयोग गरिरहेको छ । सामान्यतया प्रतिपक्षी दलहरुले सरकारविरुद्ध प्रदर्शन गर्ने परम्परा रहे पनि यसपटकको प्रदर्शनमा कुनै प्रतिपक्षी दल भन्दा पनि स्वतस्फुर्त रुपमा युवाहरु उपस्थित भएका छन् ।

शान्तिपूर्ण तरिकाले ठूलो संख्यामा युवाहरु प्रदर्शनमा आइरहेका छन् । उनीहरुको हातमा प्लाकार्ड छ भने कुनै पनि नाराजुलुस वा उग्र प्रदर्शन छैन । यसरी गरिएको प्रदर्शनमा कोरोना भाइरसको महामारीबाट जनतालाई जोगाउन पीसीआर परीक्षण बढाउन तथा आरडीटी परीक्षण बन्द गर्न माग गरिएको छ । त्यस्तै क्वारेन्टिनमा बसेकालाई उचित वातावरण बनाउन आग्रह गरिएको छ।
सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारका नाममा गरेको १० अर्ब रुपैयाँको हिसाब प्रष्ट पार्नुपर्ने माग गरिएको छ । त्यस्तै कोरोना भाइरसको संकटसँग जुध्नुपर्ने समयमा अनावश्यक रुपमा भइरहेको खर्च घटाउन, शासकहरुले गरिरहेका फजुल खर्च कटौति गर्न आह्वान गरिएको छ।

यसैगरी
उदयपुर सदरमुकाम गाईघाटमा स्थानीय युवाहरुले सरकारको काम कारवाहीको खबरदारी गर्दै मौनरुपमा धर्ना दिएका छन् । शुक्रबार बिहान गाईघाट स्थित पिपल चोकमा भेला भएका युवाहरुले सरकारले कोरोना नियन्त्रणको लागि गरेको १० अर्ब रकमको पारदर्शी नभएको भन्दै खबरदारी स्वरुप शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

सरकारले १० अर्ब कोभिड १९ मा खर्च गरे पनि नागरिक स्तरमा पीसीआर परीक्षण हुन नसकेको भन्दै युवाहरुले सरकार प्रति आक्रोश पोखेका थिए । सरकारले नागरिको आवश्यक्तालाई जिम्मेबार ढंगबाट नलिएकाले सरकारको क्रियाकलाप प्रति खबरदारी गर्न युवाहरु बाध्य भएर सडकमा उत्रनु परेको स्थानीय युवा मनिष बास्तोलाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस