माइतीघरबाट प्लेकार्डसहित पाँचजना विदेशी पक्राउ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ ३१, शनिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

जेठ ३१, काठमाण्डौ । माइतीघरमण्डलमा सरकारविरुद्ध भइरहेको प्रदर्शनका क्रममा पाँचजना विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार प्लेकार्ड बोकेरै प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघरमण्डलबाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा क्यानेडियन, चिनियाँ, अस्ट्रेलियन, अमेरिकन र फ्रेन्च नागरिक रहेका छन् । ती विदेशी नागरिकहरुसँगै अन्य केही नेपालीलाई पनि प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । नेपालको कानुनले विदेशी नागरिकलाई कुनै पनि राजनीतिक सभा, सम्मेलन र प्रदर्शनमा भाग लिन निषेध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस