जेठ ३१, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठले संविधान संशोधन विधेयक पास गर्दैछ । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले पेश गरेको विधेयक पारित गर्न लागिएको हो ।
बैठकको शुरुमा कानूनमन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्तावमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव गरेकी छन्। उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।