जेठ ३१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमायो र गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लिएको बताए । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान दोश्रो संशोधन विधयेक, २०७७ सर्वसम्मतिले पारित गरियोस् भन्ने प्रस्तावपछि उनले आफ्नो धारणा राखेका थिए ।
उनले राष्ट्रिय महत्व र दुरगामी महत्वको विषयमा राष्ट्रिय एकतालाई विकास गरेर आएको बताउँदै शान्ति प्रक्रिया, संविधान निर्माण , प्राकृतिक विपदको विषय र उत्पन्न समस्यामा पनि राष्ट्रिय जिम्मेवारीका साथ सहकार्य गरेर अघि बढेको बताए ।