पार्टी नै फोडेर महाकाली सन्धि गर्नेलाई नभन्ने, सीमाको रक्षा गर्ने मधेशीलाई राष्ट्रघाती भन्ने ? राजेन्द्र महतो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ३१, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

 

जेठ ३१, काठमाडौँ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रत्येक मधेशी जनताले सेना भएर नेपाली भूमिको रक्षा गरेको छ भन्दै किन मेधेशीलाई राष्ट्रियताको पक्षमा बोल्दैन भनेको भनेर प्रश्न गरे । महाकाली सन्धी कसरी भयो ? पार्टी पनि फोडेर पारित कसले गर्यो ? ती राष्ट्रघाती होइनन् ? के मधेशीलाई राष्टघाती भन्ने ? उनको प्रश्न थियो ।

सबै नेपाली जनता आफ्नो भूमिप्रति सजग र सम्वेदनशिल छ भन्ने कुरा सबैलाई थाहा छ । यो कुरा व्यवहारले पनि देखाउन सक्नुपर्छ । राष्ट्रियताको सवालमा एकलौटी होइन बरु यसले त सबै नेपालीलाई समेट्छ उनले भने ।

आज संसदमा सम्बोधन गर्दै उनले भने कता कता राष्ट्रियताको विषयमा मधेशीले पनि मत दिन्छ र ? तर यो विभेदकारी भनाई हो । यसले राष्ट्रियताको सवालमा के मधेशी, के पहाडी र के हिमाली ? हाम्रो पनि देश हो, हामीलाई पनि देशको माया छ ।

उनले यो नक्साको विषमया मधेश केन्द्रित दलहरुले पनि प्रधानमन्त्री र सत्तारुढ दललाई पनि एकमत दिएकै हो । यसैबेला हामीले यो संविधानका प्रतिको असन्तुष्टि त राख्न पाउनुपर्यो नि । त्यसैले आफ्ना एजेण्डाहरुलाई समेट्नका लागि हामीले पनि अर्को विधेयक ल्याएका हौँ ।

उनले जनता समाजवादी पार्टीले वर्तमान संविधानप्रति अनेकन असहमतिका बाबजुत सहर्ष समर्थन गरेको बताए । आफ्नो देशको भूमिका लागि हामी पनि संवेदनशिल छौँ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस