असार ४, काठमाण्डौ । बंगलादेशमा रहेका स्वदेश फर्कन चाहने नेपाली विद्यार्थीलाई तत्काल घर फर्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कोभिड–१९ का कारण अप्ठेरोमा परी स्वदेश फर्कन चाहने बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई तत्काल घर फर्काउन अन्तरिम आदेश दिएको हो ।
कोभिड–१९ को संक्रमण भएपछि बगलादेशमा पढाई पनि बन्द भएको र त्यहाँ रहेका नेपाली विद्यार्थीहरु अलपत्र परेका उल्लेख गर्दै जनहित मञ्चका वरिष्ठ अधिवक्ता प्रकाश मणि शर्माले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।