गृह मन्त्रालयले भन्यो: ‘देशमा सङ्कटकाल या कर्फ्यु लाग्ने हल्ला भ्रामक’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ३, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कातिक ३,काठमाडौँ । गृह मन्त्रालयले देशमा सङ्कटकाल या कर्फ्यु लाग्ने हल्ला गलत र भ्रामक भएको जनाएको छ ।

आइतबार राति केही व्यक्तिका मोबाइलमा नेपाल–भारत सीमामा तनाव भएका कारण सशस्त्र प्रहरी तयारी अवस्थामा बसेको, देशमा सङ्कटकाल र कर्फ्यु लाग्ने, नागरिक घरभित्रै बस्नुपर्ने लगायतका सन्देश पुगेको थियो ।

गृह मन्त्रालयले सन्देश पूर्णतः गलत र भ्रामक भएको जनाएको छ । यो घटनाको अनुसन्धान अघि बढेको पनि गृहले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस