प्रचण्डसँग विवाद बढ्यो, अब नेता नेपालसँग सहकार्य गर्न प्रधानमन्त्री ओलीको प्रस्ताव !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ५, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक ५, काठमाण्डौ । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बुधबार साँझ अढाई घण्टा लामो छलफल भएको छ । स्थायी कमिटीका निर्णय कार्यान्वयन र कर्णाली प्रदेशका कारण सिर्जना भएको विवादले प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मनमुटाव बढ्दै जाँदा ओली र नेपालबीच एक्लाएक्लै भेटवार्ता भएको हो । छलफलका लागि ओलीले नेपाललाई बालुवाटार बोलाएका स्रोतले जनाएको छ । त्यसक्रममा ओलीले नेपालसँग नयाँ समीकरणको प्रस्ताव गरेका छन् । ओली नेपालबीच भण्डै तीन महिनापछि यति लामो छलफल भएको हो । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा ओली र नेपाल समूह एकै ठाउँ थिए । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका वेला ९ साउनमा भएको छलफलयता उनीहरूबीच एक्लाएक्लै छलफल भएको थिएन ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस