भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख गोयल दिल्ली फर्किए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ६, बिहिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक ६, काठमाडौ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअ का प्रमुख सामन्तकुमार गोयल दिल्ली फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा स्रोतका अनुसार आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट उनीहरु स्वदेश फर्किएका छन् ।

बुधबार दिउँसो गोयल नेपाल आएपछि नेपालमा चारैतिर राजनीतिक हलचली भएको थियो । झन सरकारले गोयल आएर क–कसलाई भेटे भन्नेबारे सम्पूर्ण सूचना गोप्य राखेपछि सबैले टिका टिप्पणी गर्ने विषय बनेको हो । सत्तारुढ नेकपाकै सचिवालयका नेताहरु गुप्तचर प्रमुखको भ्रमणबारे अन्योलमा छन् । कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले पत्रपत्रिका पढेर भारतीय गुप्तचरको भ्रमणबारे थाहा पाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस