प्रधानमन्त्री ओली र (रअ) प्रमुखबीच भेटवार्ता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ६, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक ६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्तकुमार गोयलबीच भेट भएको पुष्टि भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहका सूर्य थापाले विज्ञप्ति नै निकालेर प्रधानमन्त्री ओली र रअका प्रमुख गोयलबीच भेट भएको जानकारी गराए । उनीहरुबीच बुधबार राति नै प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो ।

भेटका क्रममा रअका प्रमुख गोयलले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याको वार्तामार्फत समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेका थिए । भेटका क्रममा अरु के–के विषयमा छलफल भयो भन्नेबारे भने खुलाइएको छैन । रअ प्रमुख गोयल बुधबार दिउँसो विशेष विमानमार्फत काठमाण्डौ आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस