प्रधानमन्त्रीबाटै राष्ट्रिय सुरक्षामा खतरा : गगन थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ७, शुक्रबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

कार्तिक ७, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै राष्ट्रिय सुरक्षामा खतरा देखिएको आरोप लगाएका छन् । नेता गथापाले सुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेटनु सामान्य नभएको बताएका छन् । बुधबार राति प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री निवास बालुवाटारमै भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीले आफ्नो पदीय मर्यादा विपरीत गुप्तचर निकायका प्रमुखसँग भेटवार्ता गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला नेता थापाले पनि प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाएका हुन्। उनले यसबारे अनुसन्धान समेत गर्न माग गरेका छन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस