कार्तिक १४, काठमाण्डौ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अविश्वास प्रस्ताव संसदीय दलमा दर्ता गर्ने तयारी गरिरहेको सूचना प्राप्त भएको ओली निकट एक नेताले बताएका छन् ।
पार्टी निर्णयविपरीत काम गरेको र सरकारसमेत बदनाम गराउन लागेको भन्दै ओलीविरुद्धको अविश्वासको प्रस्तावमा गोप्यरुपमा हस्ताक्षर गर्ने काम भइरहेको ती नेताको भनाइ छ । ती नेताले ओलीविरुद्धको अविश्वासको प्रस्ताव पार्टी संसदीय दलमा असफल भएमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग मिलेर त्यो संसदमै दर्ता गर्नका लागि हस्ताक्षर संकलन भइरहेको सूचना आफूहरुलाई प्राप्त भएको बताए ।