भारतीय सेनाध्यक्ष नरवणे भेटवार्तामा ब्यस्त, प्रधानसेनापतिसँग छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २०, बिहिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक २०, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेट गरेका छन् । बिहीबार विहान नेपाली सेनाको जंगी अड्डा पुगेका नरवणे र प्रधानसेनापति थापाबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बारे छलफल भएको थियो । सो क्रममा नेपाली सेनाका वरिष्ठ अधिकारीहरुले भारतीय सेना प्रमुख नरवणे समक्ष ब्रिफिङ पनि गरेका काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

भारत सरकारको तर्फबाट जनरल नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आईसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसिया मेसिन, ल्याब उपकरण, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका छन् । कोभिड–१९ महामारी विरुद्धको लडाइमा अझ सघाउ पुर्‍याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहारस्वरुप प्रदान गरेको दूतावासले जनाएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस