बालुवाटारमा प्रधानमन्त्रीको दम्भपुर्ण अभिव्यक्ति: ‘कोटेश्वरतिरको तानाबाना’ चकनाचुर पारिन्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २०, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक २०,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका दुई बरिष्ठ नेतालाई चुनौती दिएका छन् । बिहिबार बालुवाटारमा मन्त्रिपरिषद बैठकमा बोल्दै दम्भपुर्ण अभिव्यक्ती दिँदै सरकारलाई असफल बनाउने ‘कोटेश्वरतिरको तानाबाना’ चकनाचुर पारिने बताएका छन् ।

प्रधानमन्त्रीको यो संकेत पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालतर्फ लक्षित रहेको थियो । कोटेश्वर यस्तो ठाँउ हो जहाँ पूर्वमाओवादीको कार्यालय ९पेरिसडाँडा० रहेको छ । र, माधव नेपालको निवास पनि कोटेश्वरतिरै छ । पेरिसडाँडामा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता निरन्तर चलिरहेको छ । जसलाई प्रधानमन्त्रीले ‘तानाबाना’ को संज्ञा दिएका हुन् ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठक राजनीतिक अभिव्यक्तिबाट प्रधानमन्त्रीले सुरु गरेका थिए । बैठकमा प्रधानमन्त्रीले भने, ‘अहिले पनि कोटेश्वरतिर अनेक तानावाना बुनिदैछ, तर त्यो सफल हुन दिइने छैन ।’

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले लामो समयपछि मन्त्रिपरिषद् बैठकमा राजनीतिक अभिव्यक्ति दिएका हुन् । सरकार असफल बनाउँदा पार्टी र देश बलियो नहुने प्रधानमन्त्रीको भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस