प्रधानमन्त्रीलाई प्रचण्डसहितका पाँच जना सचिवालय सदस्यले लिखित पत्र बुझाए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २२, शनिबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक २२, काठमाण्डौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका छन् ।

शनिबार भेटमा उनीहरूले सचिवालय बैठक माग गर्दै प्रधानमन्त्रीलाई लिखित पत्र बुझाएका हुन् । पत्रमा कोभिडका बेला भइरहेका कामहरूको समीक्षा र पार्टी निर्णय कार्यान्वयनबारे छलफल हुनुपर्छ भन्नेबारे लिखित पत्र बुझाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । लिखित पत्र बुझेपश्चात् प्रधानमन्त्रीले छलफलपछि निर्णय गर्ने बताइएको छ ।

‘अध्यक्षज्यूले तपाईंहरू आफैं बैठक गर्दै हिँड्नु भएको छ,त्यही पनि बैठक बोलाउला, छलफल गरौंला भन्नु भयो ’, बालुवाटारमा सहभागी एक सदस्यले भने । भोलि या पर्सि नै बैठक बोलाउने प्रचण्ड समूहको अपेक्षा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस