नेकपा फुटको संघारमा : पार्टीका दोस्रो दर्जाका नेताहरुको दौडधुप बाक्लियो !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक २५, मंगलबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पार्टीभित्र विवाद–विग्रह बढेसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा नेताहरूको दौडधुप सुरु भएको छ । विशेषगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट दोस्रो तहका नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘मिलेर जान’ आग्रह गरिरहेका छन् । खुमलटार धाइरहेका छन् ।

मङ्गलबार बिहान मात्रै पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ‘बालुवाटारको सन्देश’ बोकेर खुमलटार पुगेका थिए । उनले प्रधानमन्त्री ओली सचिवालयको बैठक बोलाउन सकारात्मक रहेको र सहमतिमा कार्यसूची टुङ्ग्याउन आग्रह गरेको स्रोतको दाबी छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी अध्यक्ष प्रचण्डले महासचिव विष्णु पौडेललाई प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर बैठक बोलाउन भनेका थिए । ओलीको सन्देश बोकेर सोमबार बिहान खुमलटार पुगेका पौडेललाई कार्यकारी अध्यक्षको हिसाबले प्रचण्डले निर्देशन दिएका थिए । तर, मङ्गलबार बिहानसम्म पनि पौडेलले कुनै जवाफ नदिएपछि बहुमत सदस्यहरूले छलफलको तयारी गरेको प्रवक्ता श्रेष्ठको भनाइ थियो । महासचिव विष्णु पौडेलले भने दुवैजना अध्यक्षसँग छलफल गरेर सहमतिमा मिति तोक्न लागेको जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस