महाधिवेशन मितिबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २८, शुक्रबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक २८, काठमाण्डौ । शीर्ष नेताहरूको विवादका कारण चार पटकसम्म स्थगित नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशनको नयाँ मिति र सरकारविरूद्धको आगामी रणनीति तय गर्ने विषयमा छलफल हुने नेता डा।प्रकाशशरण महतले जानकारी दिए ।

सरकारले संसद अधिवेशन स्थगित गरेर स्वच्छाचारी ढंगले अघि बढिरहेका तथा महामारीमा रहेका जनतलाई राहत हुने कार्यक्रम कार्यान्वयनमा कन्जुस्याँई गरेकाले त्यसबारे पनि कसरी अघि बढ्ने भन्नेबारे छलफल हुने महतले बताए । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच महाधिवेशनको मितिमा मतभेद छ । कोरोना महामारीका कारण आगामी फागुन ७ देखि १० गतेसम्मका लागि तय भएको कांग्रेस महाधिवेशन नहुने लगभग निश्चित छ ।

ताजा अपडेट

खोजी गर्नुहोस