नेकपा सचिवालय बैठक सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २८, शुक्रबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक सुरु भएको हो । दुवै अध्यक्षको सहमतिमा महासचिव विष्णु पौडेलले बैठक बोलाएपछि नेकपाको सचिवालय बैठक आजका लागि तय भएको हो । बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

नेताहरूले बैठकको छलफलले नै एजेन्डा तय गर्ने बताउँदै आएका छन् । यसअघि अध्यक्ष दाहाल पक्षले सचिवालय बैठकको माग गर्ने र अध्यक्ष ओली पक्षले बैठकमा छलफल गर्ने एजेँडा तय भएपछि मात्र बैठक बस्ने बताउँदै आएका थिए । जसले गर्दा पार्टी कार्यालय धुम्बाराहीमा दाहाल पक्षले दुईपटक सचिवालयको अनौपचारिक बैठक गरेको थियो । जहाँ दाहालसहित पाँचजना नेता सहभागी थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस