कार्तिक २९, काठमाण्डौ । सत्तारुढ दल नेकपामा विवाद चुलिएका बेला शुक्रबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष आक्रोशित बनेको छ ।
शनिबार बिहानै लुम्बिनीका मुख्यमन्त्री तथा ओलीका निटक मानिने स्थायी कमिटी सदस्य शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत सो राजनीतिक प्रतिवेदनको विरोध गरेका थिए । शनिबार दिउँसो प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार तथा नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् ।