नेकपा उपाध्यक्ष गौतम भन्छन्-‘प्रचण्डले मात्र प्रस्ताव पेस गरेका हैनन्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २९, शनिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक २९, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले शुक्रबारको सचिवालय बैठकमा पेश गरेको प्रस्ताव प्रचण्ड एक्लैले नल्याएको प्रस्ट पारेका छन् । उक्त प्रस्तावलाई केपी ओली पक्षधरका केही नेताहरुले प्रचण्डले फिर्ता लिनुपर्ने भनेर कोकोहोलो मच्चाइरहेका बेला उपाध्यक्ष गौतमले सो प्रस्ताव प्रचण्डसहित ५ जना नेताको छलफल र सहमतिमा तयार भएको बताएका हुन् ।

त्यस्तै गौतमले उक्त प्रस्ताव पार्टी ध्वंश गर्न नभई केपी शर्मा ओलीलाई सच्याउनका लागि आएको पनि जनाएका छन् । शुक्रबारको सुचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पेज लामो राजनीतिक प्रस्ताव पेश गरेका छन् । तर उक्त प्रस्तावलाई लिएर ओली निकटका केही नेताहरुले फिर्ता लिन भनिरहेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस