चिनियाँ दूतावासको पत्र र ग्लोबल टाइम्सको टिप्पणीप्रति कांग्रेसको कडा प्रतिवाद

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ३०, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

 

कार्तिक ३०, काठमाडौ । चीन सरकारको आधिकारिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेखप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसका बारेमा गरिएको टिप्पणीका साथै हुम्लामा नेपाली भूमिमाथि चीनले अतिक्रमणको अफवाह फैलाएको आरोप लगाइएको उक्त लेखप्रति कांग्रेसले औपचारीक रुपमै कडा प्रतिवाद गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा हुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका विपक्षी दलका नेता जीवनबहादुर शाहीले सीमा अतिक्रमण सम्बन्धमा सार्वजनिक गर्नु भएको प्रतिवेदनलाई गलत र दुष्प्रचारको संज्ञा दिएपछि रुष्ट भएको कांग्रेसले ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र समेत रहेको सो पत्रिकाले गरेको आपत्तिजनक टिप्पणीका बारेमा नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयमा भनिएको छ,नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो । नेपाली कांग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ । नेपाली कांग्रेस नेपाल बाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन । नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि कुनैपनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको विपक्षमा नेपाली कांग्रेस सधैं अडिग छ र अडिग रहनेछ ।

ग्लोबल टाइम्समा अफवाह लेखाएर चित्त नबुझाएको चीनले नेपालस्थित चिनिया दुतावासमार्फत नोभेम्वर १३ मा नेपाली कांग्रेस पार्टीलाई लेखेको पत्रमा जीवनबहादुर शाहीले सार्वजनिक गर्नुभएको प्रतिवेदनलाई आधारविहिन, झुठो, गैरजिम्मेदार र अमैत्रीपूर्ण भनिएकोपनि कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस