बादलले के रोज्लान् ? सचिवालय की क्याविनेट ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ३, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर ३,काठमाडौँ । गृहमन्त्रीसहित रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य राम बहादुर थापा बादल दोधारमा परेका छन् । पछिल्लो समय नेकपा विवाद वारपारको अवस्थामा उनले रोज्ने निर्णयले नेकपाको शक्ति संघर्ष कसको पक्षमा जाने भन्ने निक्र्यौल गर्दछ । आज बस्दै गरेको नेकपा सचिवालय बैठक र मन्त्रीपरिषदको बैठक एकै समयमा भएपछि उनको रोजाई कुन हुने भन्ने जिज्ञासा बढेको छ ।

स्रोतका अनुसार क्याविनेटमा महत्वुपुर्ण मन्त्रालय सम्हालिरहेको अवस्थामा उनले मन्त्रीपरिषदको बैठक रोज्ने उनिनिकटका नेताहरु बताउछन् । उनले यसअघि नै मन्त्रीपरिषद्मा रहुन्जेल प्रधत्रानमन्त्रीसंग रहने बताइसकेका छन् । एक सन्दर्भमा उनले भनेका छन् –’पार्टी फुटकै अवस्थामा पुग्यो र प्रचण्डमाथी घेराबन्दी पारिने काम भयो भने म प्रचण्डतिर हुन्छु । बरु मन्त्री पद नै छोड्न मलाई कुनै आपत्ती छैन ।’ बादललाई आज बुधबार भने सचिवालय बैठक रोज्ने की मन्त्रीपरिषद् रोज्ने दोधार भएको बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस