काठमाडौ ३, काठमाडौ । नेकपाभित्रको विवाद उत्कर्षतिर पुगेको बेला प्रधानमन्त्री ओलीले एकाएक बुधबार बिहान दिउँसो २ बजेपछि बस्नेगरी बैठक राखेका थिए । कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो आलोचना गर्दै प्रस्ताव ल्याएपछि चिढिएका ओली बैठकको पक्षमै थिएनन् भने इतरपक्षमाथि दवाव बढाउन उनले एकाएक क्याबिनेट बैठक बोलाएको हुन सक्ने एक मन्त्रीले बताए ।
ओलीले अफ्ठ्योरोमा पार्न खोजिए दल विभाजनसम्बन्धी प्रस्ताव क्याबिनेटमा ल्याउने हल्ला चलाउँदै सोही अनुसार बैठक बोलाएको ती मन्त्रीको भनाइ छ । ‘प्रचण्ड–माधव नेपालहरुको मोर्चाबन्दीले उहाँ अफ्ठ्योरोमा पर्नुभएको जगजाहेर छ । उहाँले प्रचण्ड–नेपाललाई तर्साउनकै लागि एकाएक बैठक बोलाउनु भएको हो । तर सचिवालयमा प्रधानमन्त्रीले पनि छुट्टै प्रस्ताव ल्याउने कुरा भएपछि उहाँ कुल हुनुभए जस्तो देखिन्छ ।’
उनका अनुसार आजको मन्त्रिपरिषद् बैठकमा ओलीले धेरै बोलेनन् भने सामान्य छलफल र केही सामान्य दैनिक प्रशासनिक विषयमा निर्णय लिएर बैठक सकिएको घोषणा गरियो ।