नेम्वाङसँग नेकपा कार्यकारी अध्यक्ष प्रचण्डको भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ५, शुक्रबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर ५, काठमाडौ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी महासचिव एवं अर्थ मन्त्री विष्णु पौडेललाई भेटे लगत्तै स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई भेटिरहेका छन् । नेकपा अध्‍यक्ष केपी शर्मा ‌ओली र कार्यकारी अध्यक्ष प्रचण्ड पक्षबीच विवाद बढ्दै गएको छ । उक्त विवादका कारण कार्यकर्तासमेत विभाजित हुन थालेका छन् । यस्तो परिस्थितिमा प्रचण्डले दोस्रो तहका नेताहरुसँगको भेटघाट तीव्र बनाएका हुन् ।

सामान्यतया यस्ता भेटघाट आफ्नो निवास खुमलटारमै गर्ने गरेका प्रचण्डले यसपल्ट पार्टी कार्यालय रोजेका छन्। प्रचण्डसँगको भेटपछि महासचिव पौडेलले स‌ंक्षिप्त प्रतिक्रिया दिँदै गम्भीर समयको स्वभाविक भेटघाट भनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस