‘छठ पर्वले सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबूत बनाउन सहयोग पुगोस्’ : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ५, शुक्रबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर ५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बितेका केही वर्षयता छठ पर्व तराई मधेस र पहाडका नेपाली समुदायबीच मिलेर मनाउने बानी भएको बताएका छन् । छठ पर्वको शुभकामना दिँदै उनले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबूत बनाउन यस्ता पर्वहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

‘तराईको मिथिला क्षेत्रमा महापर्वका रुपमा सनातन कालदेखि छठ मनाइँदै आएको छ। हाम्रा आदिग्रन्थ ऋग्वेद र कतिपय पुराणहरुमा सूर्यको महिमा वर्णित छ भने प्रागैतिहासिक कालदेखि दक्षिण एसियामा विशेष रुपमा सूर्यको उपासना गर्ने लोकसंस्कृतिले निरन्तरता पाउँदै आएको छ ।’ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘मानव समाज कृषियुगमा प्रवेश गरेपछि कृषि उत्पादनसँग सम्बन्धित परिकारसहित सूर्यको उपासना गर्ने परम्पराका रुपमा छठ पर्व सुरु भएको मानिन्छ । ’ उनले विशेष सावधानी अपनाएर यसवर्षको छठ पर्व मनाउनआह्वान गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस