नेकपा नेता पाण्डेको कार्यक्रम ओली पक्षका कार्यकर्ताले विथोले

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ६, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक ६, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको कार्यक्रम नेकपाका ओली पक्षका कार्यकर्ताले विथोलेका छन् । यद्यपि पाण्डेले आफ्नो पुरा मन्तव्य राखिसकेका थिए ।  चितवन क्षेत्र नं.१ बाट नेकपाका प्रतिनिधिसभा सदस्य समेत रहेका पाण्डेको उपस्थितिमा भएको कार्यक्रम ओली निकट २/४ जनाको समूहले विथोलेका हुन् । शनिबार निर्वाचन क्षेत्रमा पार्टी कार्यकर्ता भेला आयोजना गरिएको थियो ।

राप्ती नगरपालिका कमिटीले कार्यक्रम आयोजना गरेको थियो  ।

चितवनको राप्ती नगरपालिकामा नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डे प्रमुख अतिथिको रुपमा आमन्त्रित कार्यक्रममा नगरकमिटी बाहेकका मानिसहरुले हो हल्ला र हुलदङा गर्न खाेजेका थिए।

नेकपा राप्ती नगर कमिटीले वीरेन्द्रनगर स्थित सभा हलमा गरेको कार्यक्रममा सुरेन्द्र पाण्डेले पार्टीमा देखिएको विवाद समाधानमा पार्टीबाट गठित कार्यदलको भूमिका बारेमा बोलिरहँदा अनावश्यक नगर कमिटी भन्दा बाहेकका सदस्य आएर कार्यक्रम बिथोल्ने बाताबरण सृजना गरेका थिए । नेकपा राप्ती नगर कमिटीद्वारा आयोजित नगर कमिटी बैठक चलिरहदा नगर कमिटी भन्दा बाहिरका मानिस आएर हुलदङा गर्न खाेजेको राप्ती नगर कमिटीका नगर इन्चार्ज मानबहादुर स्याङ्बोले जानकारी दिए । नगर कमिटीको तत्काल बैठक बसी घटनाको भत्सर्ना गरेको छ । बिश्वस्त श्रोतका अनुसार शुक्रबार बेलुकाबाट आजको बैठक हो हल्ला गर्दै रोक्ने र बिथोल्न प्रयास गर्ने योजना बनाएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेकपा राप्ती नगर कमिटी अध्यक्ष इमानसिह लामाले राखेका थिए । लगत्तै मन्तव्य राख्दै  जिल्ला कमिटी सदस्य रामचन्द्र अधिकारी , जिल्ला इन्चार्ज कृष्ण खनाल र अन्तिममा मन्तव्य राख्नुभएका पुर्ब अर्थमन्त्री पाण्डेले बोल्दै गर्दा बाहिरका मानिस आएर हुलदङा गर्न खाेजेका थिए । बाहिरका मानिसले अनावश्यक अपशब्द बोलेको बताइएको छ ।

पाण्डेले प्रधानमन्त्री केपी ओलीसँग सम्बन्धित तथ्यहरु राख्दै गर्दा अचानक बिरोधको सामना गरेका थिए । मदन भण्डारीलाई चिनजान गराईदिएकोे, राधिका शाक्यसँग विवाह समेत आफैले गराईदिएको बताएका पाण्डेले सत्ताको दुरुपयोग, भ्रष्टाचार, अनियमितता गरेकोलगायतका आरोप लगाए लगत्तै ओली निकटहरु आक्रोशित भइ उनलाई बोल्न नै रोकेका थिए । पार्टी स्थायी समिति सदस्य पाण्डेमाथी ओली समुहको यो किसिमको हर्कतले नेकपा भित्र थप तरंग उत्पन्न हुने देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस