जनताको पैसा सुरुङमा : विदेशमा पसिना बगाएर र स्वदेशमा गाई–भैँसी बेचेर सर्वसाधारणले दिएको ३६ करोड अलपत्र

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ मंसिर ७, आईतबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर ७, काठमाण्डौ । भीमफेदी–कुलेखानी सुरुङ मार्गका नाममा नेपाल पूर्वाधार विकास कम्पनीले मकवानपुरका सर्वसाधारण र विभिन्न संघसंस्थाबाट सेयर उठाएको करिब ३६ करोड जोखिममा परेको छ । विदेशमा मजदुरी गरेर जोडेको रकमदेखि घरमा भएका बाख्राका पाठासम्म बेचेर स्थानीयले गच्छेअनुसार दश हजारदेखि दश लाखसम्म सेयर हालेका थिए । तर, विकासको असाधारण सपना देखाएर गरिबको पसिनासमेत लुटिएको छ ।

सरकारले ६ जेठ ०७० मा सुरुङ मार्ग निर्माणका लागि पूर्वाधार विकास कम्पनीलाई अनुमतिपत्र दिएको थियो । त्यतिवेलैदेखि स्थानीयबाट सेयर रकम उठाउन थालेको कम्पनीले अहिलेसम्म ३५ करोड ७६ लाख संकलन गरिसकेको छ । भीमफेदी र इन्द्रसरोवर गाउँपालिका तथा थाहा नगरपालिकाका अधिकांश सर्वसाधारणले सुरुङ मार्गमा सेयर हालेका छन् । नयाँ पत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस