बलात्कारविरुद्धको कानुन कडा पार्ने अध्यादेश पारित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ८, सोमबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर ८, काठमाण्डौ । सरकारले बलात्कारविरुद्धको कानुनलाई थप कडा बनाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्ने सम्बन्धी अध्यादेश पारित गरेको छ । अध्यादेश मन्त्रिपरिषद्बाट पारित गरी राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको छ । यो अध्यादेश आइतबार नै जारी हुने सम्भावना रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बलात्कारसम्बन्धी कानुनलाई थप कडाइ गर्न कानुन मन्त्रालयले अध्यादेश तयार पारेको हो । महिला अधिकारकर्मीले बलात्कारका घटना लगातार बढिरहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गर्दै केही समययता दबाब दिइरहेका छन् ।

 

फाईल फोटो

ताजा अपडेट

खोजी गर्नुहोस