प्रधानमन्त्री ओली ताप्लेजुङतर्फ प्रस्थान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ८, सोमबार (४ साल अघि)
  • ६२ पटक पढिएको
Post Thumbnail

मंसिर ८, काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी नेपालको भ्रमणमा निस्किएका छन् । प्रधानमन्त्री ओली ताप्लेजुङका ओलाङचुङगोला, घुन्सा र इलामको जौबारीमा हुने कार्यक्रममा उपस्थित हुनका लागि त्यसतर्फ गएका हुन् । उनी आज बिहान पौने १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले ओलाङचुङगोला नाकाको अवलोकन, सीमा सुरक्षा पोस्टको निरीक्षण साथै धुन्साबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज नै प्रधानमन्त्री ओलीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेप धुन्सालाई नमुना गाउँम घोषणा गर्ने, घुन्सा फाउन्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य एकाइको उद्घाटन र स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको स्रोतले जनाएको छ ।

त्यस्तै कार्यक्रममा प्रधानमन्त्रीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेकपा नेता सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई समेत उपस्थित हुनेछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस