मंसिर ९, काठमाण्डौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र वडा नं २ का वडाध्यक्ष टोलीले रासायनिक मल सहज रुपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । सांसद सुवाल नेतृत्वको टोलीले कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालसँग भेट गरी रासायनिक मल सहज रुपमा उपलब्ध गराउन माग गरेको हो ।
सो अवसरमा मन्त्री भुषालले यस वर्ष काठमाडौं उपत्यकालगायत तराई क्षेत्रमा मकै खेती विगतको तुलनामा बढी जगामा लगाउने भएको उल्लेख गर्दै नेपालको नीतिगत व्यवस्था अनुसार धान बाली र गहुँ बालीलाई लक्षित गरी मल खरिद गरिने गरेको बताए । उनले रासायनिक मलको प्रयोग कृषिमा मात्र नभइ अन्य विभिन्न काममा समेत प्रयोग हुने गरेको पाइएकाले सहकारी र अन्य माध्यमबाट यसको भण्डारण, चोरी गरी बिक्री हुने गरेकाले यसको नियमन र कालाबजारी नियन्त्रणको लागि सफ्टवेयरको व्यवस्था गरिएको जानकारी दिए ।