भारतीय विदेशसचिव हर्षबर्धन भेटवार्तामा ब्यस्त : परराष्ट्रमन्त्री ज्ञवाली र शृंगलाबीच कुराकानी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ११, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर ११, काठमाण्डौ । नेपालको दुईदिने भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षबर्धन शृंगला र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री ज्ञवाली र विदेशसचिव हर्षबर्धन शृंगलाबीच भेटवार्ता भएको हो । नेपाली प्रतिनिधिमण्डलसँगको द्विपक्षीय वार्ता सम्पन्न गरी भारतीय विदेशसचिव शृंगला परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्न मन्त्रालय पुगेका छन् ।

करिब एक वर्षपछि भएको द्विपक्षीय बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व भारतीय विदेशसचिव शृंगलाले गरेका थिए । सो बैठकमा द्विपक्षीय सम्बन्धका विभिन्न मामिलामाथि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सचिव पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिवसीय भ्रमणका लागि भारतीय सचिव शृंगला आज काठमाडौं आएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस