प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ११, बिहिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर ११, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाबीच भेटवार्ता भएको छ । विहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीच आपसी हित प्रवर्द्धनका विषयमा कुराकानी हुने बताइएको छ । हर्षवर्द्धन आजै परराष्ट्र मन्त्रालयस्तरीय भेटवार्तामा पनि सहभागी भएका थिए । प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि हर्षवर्द्धनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम तय भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस