राष्ट्रपति भण्डारी र श्रृङ्गलाबिच भेटवार्ता, दुई देशको सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १२, शुक्रबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर १२, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलालाई निवास शीतल निवासमा भेट दिँदै उक्त आग्रह गरेकी हुन् ।

राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गरेको जानकारी दिए । राष्ट्रपतिलाई भेट्नुअघि भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयको प्रतिनिधि मण्डल, प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गरेका छन् । दुई दिने भ्रमणका लागि आएका भारतीय विदेशसचिव शुक्रबार गोरखा र मनाङ जाने कार्यक्रम रहेको छ । उनी आजै स्वदेश फर्किने छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस