डा‍. बाबुराम भट्टराई लेख्छन्-‘चकचके बाँदरको कथामा झैं आफ्नै अण्डकोष नफोरुन्’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर १३, शनिबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाण्डौ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले पूर्वराजा तथा राजावादीहरूलाई आफूलाई राष्ट्रवादी दाबी नगर्न सुझाव दिएका छन् । उनीहरूले अरू जेसुकै दाबी गरे पनि आफूलाई राष्ट्रवादी भन्नचाहिँ नसुहाउने पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी छ ।

पूर्वराजा र राजावादीहरूले अरू जेसुकै दाबी गरे पनि आफूलाई’ राष्ट्रवादी’चैं नभनुन्,’ सामाजिक सञ्जालमा डा। भट्टराईले लेखेका छन्, ‘उनको जस्तो धर्मको राजनीति देशबाहिर कसले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानुन्।’ उनले लेखेका छन्, ‘नेपालमा गणतन्त्रको जग हल्लिँदा आउने अस्थिरताले देशको भविष्य के हुन्छ सोचुन् ?’ उनले ट्विटरमा अगाडि लेखेका छन्, ‘यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी, एकल धर्मवादी, संघीयता विरोधीहरूले बेलैमा बुझुन् । चकचके बाँदरको कथामा झैं आफ्नै अण्डकोष नफोरुन् ?’

ताजा अपडेट

खोजी गर्नुहोस