१४औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई नेता डा. शेखर कोइराको निर्देशन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर १३, शनिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सामाजिक र भौतिक दुरी कायम राख्दै १४औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । चिकित्सक समेत रहेका उनले भाईरस अझै केही समय रहिरहन सक्ने बताउॅदै यसैको वा अन्य कुनै बहानामा पार्टीको महाधिवेशन रोकिन नहुॅने बताए । कोइरालाले केन्द्रीय परिपत्र अनुसार छिटो क्रियाशील सदस्यता टुंग्याएर केन्द्रमा पठाउॅन जिल्ला सभापतिहरूलाई आग्रह समेत गरे ।
नेपाली कांग्रेस सुनसरी काठमाडौ सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा डा कोइरालाले भने,सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थाल्यो । व्यवस्था नै गुम्छ की भन्ने आशंका शुरु हुन थालेको छ । यस्तो बेलामा महाधिवेशन मार्फत कांग्रेसलाई जनतामैत्री र गतिशील बनाई जीवन्तता दिन आवश्यक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस