‘खेताला लगाएर लेखिएको प्रतिवेदन प्रधानमन्त्री ओलीको केबल घमण्डको प्रर्दशन मात्र’ : मन्त्री जम्कट्टेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १४, आईतबार (४ साल अघि)
  • ८८ पटक पढिएको
Post Thumbnail

मंसिर १४, काठमाण्डौ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री केपी शर्मा ओलीको ५३ बुँदे प्रतिवेदन खोक्रो भएको बताएका छन् । उनले खेताला लगाएर लेखिएका कुराहरुमा आफैँ सर्बेसर्बा भन्ने भावना अझै नहटेको उनको भनाई छ । सामाजिक सञ्जाल फेसबुकमा मन्त्री जम्कट्टेल लेख्छन्-‘नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालयको बैठकमा अदालती मुद्दाको शैलीमा बिद्दान अधिबक्ता हरू मार्फत लेखिएको प्रतिउत्तर पत्र प्रस्तुत गर्नुभएछ । प्रतिउत्तरपत्रमा पहिलो पार्टी एकता पछि लगाउने आरोप नपाएर पुर्बबत अलग अलग पार्टी हुदाँको खोलतखातल गरेको पाईयो ।’

उनले प्रतिवेदन बिद्दान अधिबक्ताहरुले लेखेको बताए । उनी भप्छन्-‘दोस्रो म पार्टी भन्दा माथि हो मेरो अधिनस्त पार्टी हो । तेस्रो मैले जे चाहन्छु त्यो गर्न पाउनु पर्दछ । चौथो मैले गरेको काम भ्रष्टाचार , अपहरण , राष्ट्रघात , पार्टी लथालिङ्ग सबै राम्र हुन्छन त्यसलाई राम्रो भनिदिनु पर्दछ । पाचौ बिगरेको सबै अरूले हो मेरो त कुनै दोष छैन छेटौ घुमाउरो भाषा मा थुप्रै धम्की । यस्तै यस्तै ईतिहास खोतल्ने हो भने त नेपालमा गणतन्त्र ल्याउनु भनेको बयल गाडामा चठेर अमेरिका पुगिन्नछ भन्नु जस्तै हो भन्ने पनि आउला, थुप्रै थुप्रै आउलान । यो प्रतिउत्तरले कार्यकारी अध्यक्ष र अन्य नेताहरूलाई आरोप मात्रै लगाएको छ पार्टी को समस्या मा प्रबेशै गरेको छैन केबल घमण्ड को प्रर्दशन मात्रै ।’ उनले यो प्रतिउत्तरले कार्यकारी अध्यक्ष र अन्य नेताहरूलाई आरोप मात्रै लगाएको बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस