दिपिका खड्का
पौष २७,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुगेको छ । पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाइएको हो ।
मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिका (अपानि) मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५ सय १ पुगेको जानकारी दिइएको छ । ‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको छ’, अपानिमा उल्लेख छ ।