ओलीले पार्टी सङ्गठनलाई भाताभुङ्ग पार्न चाहे: अध्यक्ष नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २८, मंगलबार (४ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

पौष २७,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी र आन्दोलन सिध्याउन खोजेको बताएका छन् । सोमबार काठमाण्डौमा प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

ओलीको कम्युनिस्ट आन्दोलनप्रति निष्ठा नभएको भन्दै ओलीले पार्टी सङ्गठनलाई भाताभुङ्ग पार्न चाहेको नेता नेपालले बताए । प्रधानमन्त्री ओलीको गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षताप्रति कुनै अपनत्व नभएको उनको भनाइ छ ।

अध्यक्ष नेपालले सोमबार नै निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफूहरूलाई दिन आग्रह गरेको पनि बताए । उनले बहुमत केन्द्रीय कमिटी सदस्य आफूतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकाले कुनै एक व्यक्तिको सुर र तालमा पार्टी नचलि विधानसम्मत चल्ने जानकारी दिएको बताए ।

अध्यक्ष नेपालले निर्वाचन आयोगलाई नेकपाको विधान र निर्वाचनसम्बन्धी कानुन हेरेर निर्णय गर्न आग्रह गरिएको पनि बताए । प्रधानमन्त्री ओलीले सबै शक्ति आफू मातहतमा ल्याएर विरोधीलाई तर्साएको उनले जिकिर गरे।

प्रतिनिधि सभा विघटनको विरोधमा समाजका सबै तह र तप्का एकै ठाउँमा आएको पनि अध्यक्ष नेपालले बताए । देशलाई लोकतन्त्र र स्थायित्वको बाटोमा लैजान सबै परिवर्तनकर्मी शक्तिबीच तालमेल गर्दै अघि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ ।
कार्यक्रममा नेता प्रकाश विकल्प,पत्रकार युग पाठक,समाजिक अगुवा आरके, ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस