प्रदेश-१ मा नेकपाका दुई पक्षबीच झडपको सम्भावना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २८, मंगलबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पुस २८, काठमाण्डौ । प्रदेश १ मा माघ ७ गतेका लागि डाकिएको प्रदेशसभा बैठकमा नेकपाका दुई पक्षबीच देखिएको विवादले चर्को रुप लिने सम्भावना बढेको छ । राजनीतिक ध्रुवीकरणले सदनमा झडपको सम्भावना देखिएको हो । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले सम्भावित विवादका बीच प्रदेशसभाको बैठकलाई सुचारु राख्न नेकपाका अलग–अलग समूह र विपक्षी दलसँग छलफल थालेका छन् ।

नेकपाको प्रचण्ड–माधव समूहले आइतबार मात्र मुख्यमन्त्री शेरधन राईसहित प्रदेश सरकारका मन्त्री र सांसदहरूलाई निलम्बन गरिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरेको थियो । यसै गरी मुख्यमन्त्री शेरधन राई नेता रहेको संसदीय दलले १६ प्रदेश सांसदलाई निलम्बन गरेको छ । प्रचण्ड माधव समूहका नेता भीम आचार्य नेतृत्वको संसदीय दलले ८ जनालाई कारबाही गरेको घोषणा गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस