पुस २८, काठमाण्डौ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूर्य चुनाव चिन्ह आफूहरुकै हुने दावी गरेका छन् ।
मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपा नाम र सूर्य चुनाव चिन्ह आफूहरुकै हुने भन्दै ढुक्क हुन कार्यकर्तालाई आग्रह् गरेका हुन् । उनले निर्वाचन आयोगको दल सम्बनधी व्यवस्थाले पनि ५० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य जसको पक्षमा हुन्छ त्यसैलाई आधिकारिकता दिने व्यवस्था भएको बताए ।