इश्वर पोखरेलको दावी : ‘मधेसवादी दलसँग मिलेर प्रचण्डको प्रधानमन्त्री बन्ने दाउ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २९, बुधबार (४ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

पुस २९, सर्लाही । उपप्रधानमन्त्री इश्वर पोखरेलले कांग्रेस र मधेसवादी दलसँग साठगाँठ गरेर प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा लागेको बताएका छन् । सर्लाही सदरमुकाम मलंगवामा मंगलवार आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड र माधव नेपालले महाधिवेशनबाट चुनिएको अध्यक्ष ओलीलाई हटाउने गलत प्रयास गरेको बताए । उनले पार्टी छोडेर गएकाहरुलाई फिर्ता हुन पनि आग्रह गरे ।

पोखरेलले पार्टी एकताका बेला देखिनै पार्टी भित्र अन्तिरिक समस्या रहेको बताए । दुई पार्टी बीच एकता हुने बेलामा पार्टी भित्र राम्रोसँग अभ्यास नभएकाले अहिले पार्टीमा फुटको अवस्था आएको उनको भनाई थियो । उनले आउँदो बैशाख १७ र २७ गते दुई चरणमा चुनाव हुने बताउँदै कार्यकर्तालाई चुनावको तयारीमा लाग्न सुझाव दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस