माधव नेपाल भन्छन्-‘सूर्य चिन्ह हाम्रो हो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २९, बुधबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस २९, काठमाण्डौ । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरू नै नेकपाको आधिकारिक समुह भएको बताएका छन् । उनले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षसँग विधान संशोधन गर्ने संख्या नभएकाले उनीहरूले गरेको नियुक्ति अवैध भएको दाबी गरे ।

नेकपा काठमाडौं जिल्ला कमिटीका सदस्यहरूलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी आधिकारिकताका लागि आज मात्र निर्वाचन आयोगलाई अर्को पत्र लेखिएको जानकारी गराए । ‘आधिकारिक पार्टी हामी हो, सूर्य चिह्न नेकपासँग छ । उदाएको सूर्य हामीसँग छ, अस्ताएको सूर्य चिह्नसहित नेकपा एमाले दर्ता गरिएको छ, अर्को पक्षसँग त्यही अस्ताएको सूर्य छ,’ नेता नेपालले भने । नेता नेपालले वैशाखमा चुनाव हुने कुनै सम्भावना नरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस