दाहाल–नेपाल समूह नयाँ रणनीतिमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक हजार पाँचसय जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेसँगै प्रचण्ड नेपालले पनि नयाँ रणनीति बनाएका छन् । संविधानको रक्षाका लागि संसदको पुर्नस्थापनाको माग राखेर आन्दोलनमा उत्रेको दाहाल नेपाल समूहले यसअघि कुनै पनि जिम्मेवारीमा नरहेको र केन्द्रीय सदस्य हुन योग्य रहेका नेताहरुको छनौट गरेर केन्द्रीय सदस्यकै हैसियत तोकी आन्दोलनको कमाण्डर बनाउन लागेको हो ।

‘धेरै वर्ष पुराना नेताहरु र केन्द्रीय सदस्यको जिम्मेवारी रहेका र तथा केन्द्रीय सदस्य हुन योग्य रहेका धेरै जसो नेताहरु यतिबेला कामविहिन भएकाले उनीहरुलाई आन्दोलनको कमाण्डर बनाएर पठाउने तयारी भएको छ साथै उनीहरुको हैसियत केन्द्रीय सदस्य बराबर हुनेछ’, दाहाल नेपाल समूहका एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार एक दुई दिनमै बस्ने स्थायी कमिटीको बैठकबाट त्यसको निर्णय हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस