ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता : आरोप ठहर भए एक बर्ष जेल जानुपर्ने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १३, मंगलबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै ओलीविरुद्ध सर्वोच्च अदालतमा मंगलबार मुद्दा दर्ता भएको हो ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले आइतबार र अर्का अधिवक्ता कञ्चनकुमार न्यौपानेले सोमबार पेस गरेका निवेदन गरेकोमा मंगलबार दर्ता भएको हो । निवेदनमा प्रधानमन्त्री ओलीलाई अदालतमा झिकाएर अवहेलनाको कारबाही चलाउन माग गरिएको छ । अदालतको अवहेलनाको आरोप ठहर भए एक वर्ष कैद सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन्छ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस