सर्वोच्चको आदेश : चार पूर्व प्रधान न्यायाधीशसँग सात दिनभित्र लिखित जवाफ दिन माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १५, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ १५, काठमाडौ । सर्वोच्च अदालतले चार पूर्व प्रधान न्यायाधीशसँग सात दिनभित्र लिखित जवाफ दिन माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले अवहेलना मुद्दामा अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले दायर गरेको रिटमाथि आज सुनुवाई गर्दै विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो । चारैजना पूर्व प्रधानन्यायाधीशले केही समयअघि संयुक्त विज्ञप्तिसमेत जारी गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस