फागुण ७, काठमाण्डौ । नेपाली काँग्रेस (वी.पी) ले प्राप्त ७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ । पार्टीका नेताहरुले छुट्टाछुट्टै जारी गर्दै ७१ औं प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण राजनैतिक दल, नागरिक समाज, मानवाधिकारवादी पत्रकार, लेखक विद्यार्थी लगायत सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गरेका छन् ।
पार्टीका केन्द्रिय सभापति हरिबोल भट्टराई, पुर्व मन्त्रि तथा उप-सभापति झलकनाथ वाग्ले, पुर्व मन्त्रि तथा महामन्त्री सुशीलमान सेरचन, महामन्त्री पुष्पराज पराजुली, सह(महामन्त्री देवेन्द्र प्रकाश पौडेल, नुवाकोट जिल्ला सभापति श्यामबहादुर गुरुङ, महिला संघ (वी.पी) का अध्यक्ष इन्दिरा अधिकारि, तरुण दल वी पी का अध्यक्ष प्रधुम्न कार्की, नेविसंघ (वी.पी) नुवाकोट अध्यक्ष तथा युवा नेता एवं पार्टी केन्द्रिय कार्यालय सचिव सुशिलराज वाग्लेले शुभकामना दिएका छन् ।
पार्टी सभापति हरिबोल भट्टराईले शुभकामना सन्देशमा भनेका छन् “१०४ वर्ष जहाँनिया निरकुश राणा शासनको अन्त्यका लागि भएको २००७ सालको क्रान्तिको प्रतिफल स्वरुप २००७ साल फागुन ७ गते प्राप्त ७१ औं प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण राजनैतिक दल, नागरिक समाज, मानवाधिकारवादी पत्रकार, लेखक विद्यार्थी लगाएत सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गर्दछु ।
प्रजातन्त्र प्राप्त पछी पनि नेपालमा पटकपटक जनताको अधिकारलाई बन्देज लगाउने गरि प्रजातन्त्र खोसिए पछी जनताले आफ्नो अधिकार प्राप्तका लागि पटकपटक क्रान्ति गर्नु परेको थियो ्र २०४६ तथा २०६२।०६३ को आन्दोलन खोसिको प्रजातन्त्र पूनः स्थापनाका लागि भएको थियो तर २०६२।०६३ को आन्दोलनको फल स्वरुप खोसिएको प्रजातन्त्र पूनः स्थापना भए पछी राज्य सत्तामा रहेकाको महत्वाकांक्षीका कारण देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यस्थामा गएको थियो, आज यस व्यस्थाका संचालकहरुले जनताको व्यस्था भन्दै जनतालाई पूनस् आफ्नो अधिकारबाट बन्चित गर्दै दलगत स्वार्थ र नेताहरुको व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्दै आएका छन् ् जसले गर्दा जनताले प्रजातन्त्रको अनुभूति गर्न हाल सम्म पाएका छैन ।
तशर्थ प्रजातन्त्रको लाभ आम नागरिकले प्राप्त गर्न सक्ने वाताबरण श्रृजना गर्दै प्रजातन्त्रलाई थप दरिलो, जनमुखी एव समावेशी गराउन सबैले आफनो ठाँउबाट योगदान गर्न र सहिदका अधुरा सपनाहरु पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आव्हान गर्दै यसमा सम्पूर्ण राजनैतिकि दल, बुद्धिजिवि, कर्मचारी , पत्रकार साथिहरु तथा आम जनसमुदायको साथ सहयोग रहने विश्वास लिगेको छु । साथै प्रजातन्त्र स्थापना लागि आफनो ज्यान आहुती दिने सम्पूर्ण सहिदहश्रप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।