आज प्रजातन्त्र दिवस मनाइदै, केके हुँदैछन् कार्यक्रमहरु ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ७, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुण ७, फागुन । २००७ को क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाईदैछ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा जीवन आहुति दिएका थिए ।

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेका थिए । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले हरेक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा यो दिवस मनाउँदै आएको छ । प्रजातन्त्र दिवस, २०७७ का अवसरमा सम्पूर्ण नेपालीमा बधाई तथा शुभकामना दिर्दैराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएका छन् ।

राष्ट्रपतिले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शहीद परिवार तथा आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अंगभंग भएका व्यक्तित्वप्रति तथा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान व्यक्त गरेका छन् । २००७ को क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस